ठुटेबर युवा समुहद्वारा सडक वत्ति जडान


१३ चैत्र २०७८, आईतवार २०:१२ मा प्रकाशित

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १०मा रहेको ठुटेबर युवा समुहले ३० वटा सडक वत्ति जडान गरेको छ ।सडक बत्तिको आइतबार सांझ बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्वीच थिचेर उद्घाटन गर्नु भयो ।

बिर्तामोड नगरपालिकाको २ लाख ६८ हजार र टोल विकास समितिको ६० हजार गरि कुल ३ लाख २८ हजार रुपैयाँको लागतमा सडक बत्ति जडान गरीएको ठुटेबर युवा समुहका अध्यक्ष सुरज पोख्रेलले जानकारी दिनु भयो ।

टोलका ज्येष्ट सदस्य मोहन प्रसाद चुडालको अध्यक्षतामा आयोजित सडक वत्ती उद्घाटन कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र नेकपा एमाले बिर्तामोड नगरकमिटि अध्यक्ष सुवास भट्टराईले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा ठुटेबर युवा समुहका उपाध्यक्ष रोशन खरेलले स्वागत तथा अध्यक्ष सुरज पोख्रेलले सञ्चालन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here