काठमाडौ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विकट क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर निर्वाचनका सामाग्रीहरू ढुवानी गर्न लागेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।‘निर्वाचनमा दलहरूका प्रतिनिधिहरूसहित सेनाको हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनु भयो।
विकटमा छेत्रमा मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको गृहमन्त्रालयले जानेको छ।गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा शुक्रवार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ले सो निर्णय गरेको थियो।





