कर्तव्य फाउण्डेसनको संयोजनामा अर्जुनधाराका नेत्रहिन गिरी दाम्पतीका लागी घर निर्माण


१३ चैत्र २०७८, आईतवार १९:५६ मा प्रकाशित

चारपाने। सामाजिक अभियान्ता मोहन पोखरेल र टिका पोखरेललको लागनी र कर्तव्य फाउण्डेसनको संयोजनामा झापाको अर्जुनधारा नगरपालिका ५ पूलबारी निवासी धर्मराज–राजकुमारी दम्पतिलाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

बिर्तामोड निवासी सामाजिक अभियान्ता मोहन पोखरेल र टिका पोखरेलले आफ्नै निग्रानी र स्रोत परिचालनबाट ५ लाख रुपैयाको लगानीमा भवन निर्माण गरिदिनुभएको कर्तव्य फाउण्डेसनका संयोजक महेन्द्र कुमार गिरीले जानकारी दिनुभयो । विपन्न परिवारका धर्मराज गिरी र उहाँकी श्रीमती राजकुमारी गिरी शारिरक रुपमा कम्जोर र आँखा समेत नदेख्ने अवस्थामा रहेकाले उनिहरुको घर निर्माणमा फाउण्डेसनले सहयोग गरेको बताइएको छ ।

फाउण्डेसनले झापाका ३ वटा नगरपालिका बिर्तामोड, अर्जुनधारा र कन्काइका बिपन्न परिवारलाई परोपकारी भावनाले घर निर्माण गरिने कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका वाड.५ का अध्यक्ष ध्यानबहादुर भारतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोस आचार्य, रोटरी क्लब अफ मिड टाउनका नबिन गट्टानी, साहारा नेपाल साकोसका कार्यबहाक अध्यक्ष हरीप्रसाद निरौला, नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, उद्योग बाणिज्य संघ बिर्तामोडका महासचिब अर्जुन मैनाली लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here