काठमाडौ ।आसन्न स्थानीय निर्वाचन नजिकिदै गर्दा गठबन्धन गर्ने नगर्ने विषयमा सत्तारुढ नेपाली कांग्रेसबीच सहमति जुट्न सकेको छैन। पछिल्लो केही दिनयता यो विषयमा कांग्रेस शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ ।
शीर्ष नेताहरूले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनलाई चुनावमा लैजानुपर्नेमा जोड दिइरहेका छन् । पार्टी सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा त सुरुदेखि नै चुनावमा गठबन्धन गरेर जानुपर्ने पक्षमा हुनु हुन्छ।
शनिबार एक कार्यक्रममा बोल्दैप्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन आवश्यक रहेको बताउनु भयो।वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावैसम्म गठबन्धनलाई लैजानुपर्ने बिचार राख्नु भएको थियो ।
‘कांग्रेसले कुनै पनि अहंकार प्रदर्शन गर्नुहुन्न । हाम्रो ध्यान आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा हुन्छ । जसको बहुमत हुन्छ, सरकार त्यसैले बनाउँछ । त्यसैले कांग्रेस एक्लै लड्दा अरू मिलेर लडे राम्रो हुने ’ पौडेलले बताउनु भयो। कांग्रेस गठबन्धनलाई जोगाएर लैजाने पक्षमा रहेको वताउनु भयो।





