सर्लाही। सर्लाहीको फुलजोर खोलास्थित पुलबाट यात्रुवाहक बस खस्दा चार जनाको मृत्यु भएको छ । २० जना बढी घाइते छन् । आइतवार बिहान सवा ११ बजे ना ४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गतको फुलजोर पुलबाट खसेको हो ।
प्रहरीका अनुसार अगाडिको पांग्रा पड्किएर अनियन्त्रित भई बस पुलबाट खसेको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुलेको छैन ।





