तुलसीपुरमा पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने


१३ चैत्र २०७८, आईतवार ११:४९ मा प्रकाशित

काठमाडौं, चैत १३ । तुलसीपुरमा पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थापना गरिने भएको छ ।

२०६२ / ०६३ सालको आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको शालिक नेकपा माओवादीले तोडफोड गरेकोमा पुनस् शालिक स्थापना गर्न लागिएको हो । तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहका अनुसार शालिक स्थापना गर्ने काम नेकपा एमाले लगायत दलका नेताले सहयोग नगरेका कारण ढिलाई भएको उहाँको भनाइ छ ।

उहाँले सहयोगी र व्यक्तिगत खर्चमा शालिक स्थापना हुन लागेको जानकारी दिनुभयो । साथै उहाँले भावी सन्ततिलाई इतिहास देखाउनका लागि भनेपनि शालिक आवश्यक पर्ने बताउनुभएको हो ।

माओवादीले वीरेन्द्रचोकमा रहेको शालिक आन्दोलनका क्रममा घिसार्दै लगेकोमा पछि खाडल खन्ने क्रममा शालिक फेला परेकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here