काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डाक्टर नारायण खडकालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो ।
गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । त्यसअघि बालुवाटारमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री वाङ यी आपसीसम्बन्धका बारेमा छलफल भएको परराष्ट्रमन्त्री खड्काले बताउनुभयो । उहाले नेपाल र चीन बीच बिभिन्न बिषयमा समझदारी भएको पनि बताउनुभयो ।
चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।





