आजदेखि लेटाङमा कर्फ्यु आदेश हटाइयो


१० चैत्र २०७८, बिहीबार १६:१४ मा प्रकाशित

लेटाङ चैत १०। प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्युपछि मोरङको लेटाङमा आइतबारदेखि लगाइएको कर्फ्यु आदेश हटाइएको छ।प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बिहीबार बिहानदेखि कर्फ्यु हटाइएको जानकारी दिनु भयो ।

लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो।
प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो। सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए।घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here