नेपालमा ‘आरआरआर’को ‘क्रेज’


१० चैत्र २०७८, बिहीबार १३:२८ मा प्रकाशित

काठमाडौं १० चैत , । बउलिउड का निर्देशक राजमौलीको ‘आरआरआर’ले नेपाली बक्स अफिसमा उछाल ल्याउने संकेत देखिएको छ ।बिहीबार मध्यान्हसम्म मुलुकका ठूला मल्टिप्लेक्समा शनिबारसम्मका लागि ७० देखि ८० प्रतिशत टिकट बिक्री भइसकेको बुझिएको छ ।

यसअघि यस्तो ट्रेन्ड हलिउड फिल्म ‘स्पाइडरम्यानः नो वे होम’मा देखिएको थियो । स्पाइडरम्यानको ट्रेन्डलाई पछ्याउँदै आरआरआरले ‘सोल्डआउट’मा आफूलाई बलियो तुल्याएको हो ।क्यूएफएक्सले शुक्रबार र शनिबार फिल्मलाई ३२ शो दिएको छ जसमा ७० देखि ८० प्रतिशत टिकट बिक्री भइसकेको छ । ‘फेक बुकिङ हुनसक्ने कारणले हामीले बुकिङ बन्द गरेका छौं र टिकट बिक्री मात्र गरेका छौं,’ क्यूएफएक्स सीईओ रोशन अडिगाले बताउनु भयो।

बानेश्वरस्थित वान सिनेमाजको पनि शनिबारसम्म झन्डै ९० प्रतिशत टिकट बिक्री भइसकेको निर्देशक प्रज्वल राणाले अनलाइनखबरलाई बताए । ‘बाँकी १० प्रतिशत टिकट पनि बिहीबार बेलुकासम्म सोल्डआउट हुने देखिएको छ,’ राणाले बताउनु भयो।

बिग मुभिजमा पनि शनिबारसम्मको ५० प्रतिशत टिकट अग्रिम बिक्री भइसकेको छ भने १० प्रतिशत एड्भान्स बुकिङ छ । ‘राजमौलीको क्रेज आरआरआरमा देखिएको छ,’ बिग मुभिजका व्यवस्थापक दीपेश शर्माका अनुसार , ‘बुकिङ र सोल्डको क्रेज आज बेलुकासम्म निकै बढ्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here