विश्वभरका जनतालाई सडकमा उत्रिन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आग्रह


१० चैत्र २०७८, बिहीबार १२:५२ मा प्रकाशित

एजेन्सी । रुस– युक्रेन आक्रमणको आज एक महिना पुुरा भएको छ । आफनो देशको समर्थक गर्दै विश्वभरका जनतालाई सडकमा उत्रिन युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले आग्रह गर्नु भएको छ ।

बिहिबार उहाँले भिडियो सन्देश जारी गर्दे शान्तिका लागि हर क्षेत्रबाट सडकमा उत्रिन विश्वभरका मानिसलाई आग्रह गर्नु भएको हो ।

युद्ध एक महिनासम्म लम्बिदा पनि रुसले युक्रेनमा जित हासिल गर्न सकेको छैन । युक्रेनी सेनाले रुसी सेनाको डटेर प्रतिकार गरिरहेका छन् । युक्रेनभन्दा कैयौंगुणा शक्तिशाली रहेको रुसले युक्रेनमाथि छिट्टै विजय प्राप्त गर्ने आशा गरेको थियो । तर युक्रेनी सेनाको प्रतिरोधका कारण त्यो एकमहिना सम्म पनि सफल हुन सकेको छैन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले सुरु गरेको युद्ध विश्वका सबै जनताका विरुद्ध भएको भन्दै आफ्ना कार्यालय, घर, विद्यालय र विश्वविद्यालयबाट शान्तिको नाममा युक्रेनलाई समर्थन गर्न, स्वतन्त्रताको समर्थन गर्न र जीवनलाई समर्थन गर्न युक्रेनी प्रतीकहरू लिएर सडकमा उत्रिन विश्वलाई अपिल गरेका बबीसीले जनाएको छ ।

जेलेन्स्कीको सम्बोधन बेल्जियमको राजधानी ब्रसेल्समा नाटोका सदस्य राष्ट्रहरुको शिखर सम्मेलनको केही घण्टा अघि आएको हो । रुसले युक्रेनसँग गरेको युद्ध, युरोप र पश्चिमि देशहरुको सुरक्षा लगायतका विषयमा छलफल गर्न अमेरिकासहितका देशका नेताहरु ब्रसेल्समा भेला भएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेयता युक्रेनी नागरिक पीडादायी जीवन विताउन बाध्य भएका छन् । युद्धबाट जोगिन ३३ लाख बढी युक्रेनीले आफ्नो सबै सम्पत्ति छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । रुसी सेनाले युक्रेनका आवासीय भवन,विद्यालय, अस्पताल लगायत सबैतिर आक्रमणको निसाना बनाएको छ । रुसको कदमको विश्वभर बिरोध भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here