काठमाण्डौ, चैत १० । आज सुनको भाउ तोलामा ११ सयले वृद्धि भएको छ ।
आज तोलामा ११ सय रुपैयाँले बढेर भएर सुन एक लाख तीन सय रुपैयाँमा पुगेको छ।
हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ हिजो ११ सय रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।





