लागुऔषध सहित आमा छोरा पक्राउ


९ चैत्र २०७८, बुधबार १८:४४ मा प्रकाशित

झापा, २०७८ चैत्र ९ गते । झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन । हिजो बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी  कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा,  डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान  बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको  इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here