काठमाडौं, चैत ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सवैको ध्यान जानुपर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सवै क्षेत्रमा असर पारिरहेको भन्दै यस बिषयमा नेपालको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताउनुभयो । उहाँले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका बिषयमा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । सम्मेलनमार्फत पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा हुने छलफल महत्वपूर्ण हुने उहाँको भनाई छ ।
दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुने मन्त्रालयले जनाएको छ ।





