झापा, चैत ९ । नेपाल ज्योतिष परिषद् झापाको जिल्ला अध्यक्षमा चन्द्रमणी मगर निर्वाचित हुनुभएको छ ।
बुधबार कनकाइ नगरपालिकास्थित कोटीहोममा भएको छैटौें जिल्ला अधिवेशनबाट चन्द्रमणी मगर सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाटको मगरको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रुद्र पौडेल र छविलाल नेपाल चयन हुनु भएको छ भने सविचमा राजकुमार श्रेष्ठ निर्वार्चित हुनु भएको नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य प्रेमसागर घिमिरेले जानकारी दिनु भयो ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय प्रथम उपाध्यक्ष ज्योतिष सन्तोष वशिष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परिषद्का केन्द्रीय उपाध्यक्ष लेखनाथ न्यौपाने, परिषद्का केन्द्रीय उपमहासचिव सीताराम लुइटेल लगायतको उपस्थिती थियो । जिल्ला अध्यक्ष चेतन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य प्रेमसागर घिमिरे, प्रदेश १ अध्यक्ष विश्व लामिछाने, प्रदेश १ का वरिष्ठ उपाध्यक्ष चक्रपाणी गौतम लगायतले शुभकामना मन्त्व राख्नु भएको थियो ।





