झापा । बिर्तामोड नगरपालिकाले मंगलबार २ वटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ ।
नगरपालिकाले बिर्तामोड २ मा रहेको साङ्गवेद संस्कृत विद्यालयका ३१ जना र बिर्तामोड ६मा रहेको हरिहर आश्रम गूरुकुलमका २९ जना विद्यार्थीहरुलाई कमिज सुरुवाल वितरण गरेको हो । विद्यार्थीलाई संक्षिप्त कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कपडा वितरण गर्नु भयो । कपडा वितरण कार्यक्रममा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शिक्षा शाखा अधिकृत केशर खवास लगायत विद्याआश्रम व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले यस अघि १७ वटा सामुदायिक विद्यालयका तीन हजार ४ सय ६१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि नगरपालिकाले पोशाक वितरण गर्दै आएको हो ।





