सङ्खुवासभा, फागुन २६ । सङ्खुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा भएको बस दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा मादी नगरपालिका ६ की सीता विक, अञ्जना कटवाल र पाँच वर्षीया दीक्षा कटवालको ज्यान गएको छ । यस्तै मादी ५ का भवानीप्रसाद दाहाल, श्याम शेर्पा, दीपक दाहाल, उमेश भट्टराई र युका पोख्रेलको ज्यान गएको छ । यस्तै मादी ४ का बलबहादुर कार्की, सविता कार्की, आइतबहादुर तामाङ र वडा नम्बर २ का इन्द्र अधिकारीको पनि ज्यान गएको छ । दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समीक्षा योन्जन र उहाँका आठ वर्षीय छोरा सुदीप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका विपीन निरौलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चार जनाको उपचारको धरानमा उपचार भइरहेको छ ।





