वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु


२६ फाल्गुन २०७८, बिहीबार ११:३१ मा प्रकाशित

काठमाडौं फागुन २६ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

बिहीबार बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here