संखुवासभाको मादीमा बस दुर्घटना, १२ जनाको मृत्यु


२६ फाल्गुन २०७८, बिहीबार ११:२२ मा प्रकाशित

संखुवासभा फागुन २६ – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

बिहीबार साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ जनाको परिचय खुल्न बाँकी छ । बसमा १५ जना यात्रु र चालक, सहचालक रहेका प्रहरीले जनाएको छ । घाइते भएका ३ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here