श्रमिक महिलालाई बिर्तामोडको सम्मान


२२ फाल्गुन २०७८, आईतवार १९:५० मा प्रकाशित

झापा, फागुन २२ । बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा वडा नम्बर १ कि वेदकुमारी कुमाल,वडा नम्बर २को पुर्वेली महिला नौमती बाजा समुह,वडा नम्बर ३ कि प्रतिभा राजवंशी,वडा नम्बर ४ कि थिरादेवि भट्टराई अधिकारी,वडा नम्बर ५ कि मंगलमाया केरुङ्ग,वडा नम्बर ६कि फुलमति करुवा,वडा नम्बर ७ कि गीता चौधरी,वडा नम्बर ८ कि लिला राजवंशी,वडा नम्बर ९ कि सुरजमुनि टुडु र वडा नम्बर १० कि वुद्वीमाया किस्कु रहनु भएको छ ।सम्मानित हुनेहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अबिर,माला लगाएर मायाको चिनो सहित सम्मान पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा नगरको न्यायिक समिति शाखा अधिकृत टिका लामिछानेले वेइजिङ्ग घोषणा पत्र प्रस्तुत गर्नु भएको थियो । घोषणा पत्रमाथि न्यायिक समितिकि कानुनी सल्लाहकार कमला आचार्य र वीरता लेडि जेसिजकि निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले टिप्पणी राख्नु भएको थियो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता तथा उपप्रमुख पवित्रा महातारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार न्यौपाने,वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला,एविसि नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला,महिला मुक्ति अभियान कि अध्यक्ष राधा सुव्वा,तिलरुपा श्रेष्ठ लगायतले महिला हक अधिकार र वर्तमान अवस्थाको बारेमा बोल्नु भएको थियो । कार्यक्रमलाई वडा नम्बर ६ कि वडा सदस्य पवित्रा ढुङ्गानाले स्वागत तथा नगरकि कर्मचारी गोमा पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here