जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सरकारबाट बाहिरीने नेकपा माओवादीको चेतावनी


४ फाल्गुन २०७८, बुधबार १२:१९ मा प्रकाशित

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सरकारबाट बाहिरीने चेतावनी दिएको छ ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने पनि निर्णय गरेको हो । बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने पनि निष्कर्ष निकालेको हो ।

बैठकले तीन वटा निर्णय गरेको सांसदहरुले बताएका छन् । संशोधन बिना एमसीसी पास हुन सक्दैन भन्दै माओवादीले राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने अडान दोहोर्याएको छ ।

त्यस्तै राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्ने जनाएको छ । त्यसैगरी संसद नखुली एमसीसी टेबल गर्न नमिल्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here