नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित झापाबाट २ जना पक्राउ


२१ पुष २०७८, बुधबार ११:५७ मा प्रकाशित

झापा, पौष २१ । नियन्त्रीत लागुऔषध ब्राउनसुगरसहित झापाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–७ का २४ वर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुरसहित मंगलवार बेलुका ५ बजे पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here