ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु


१ पुष २०७८, बिहीबार १३:०२ मा प्रकाशित

झापा, पौष १ । झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ बर्षीया राधिका सेडाई रहेकी छिन् ।

बुधबार राती पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिँदा गम्भिर घाईते बनाएपछि उपचारको लागि वि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

ट्रक चालक सर्लाहीको बागमती नगरपालिका –४ का २९ बर्षिय उतम वाईबालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको नामइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here