मोरङ, मंसिर २९ । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा बाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–३ घर भई बिराटनगर महानगरपालिका–११ मा डेरा गरी बस्ने २८ बर्षीय उमेश दाहाल रहेका छन् ।
मिति २०७८ मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका दहालमाथि सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।





