झापा, मंसिर २९ । प्रदेश नम्बर १ का युवा व्यव्सायी श्यामसुन्दर पौडेल (मिलन) ले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्धारी दिनु भएको द्ध । आफ्नो उम्मेद्धारी पश्चात् उहाँ निर्वाचन केन्द्रित अभियानलाई तिव्र पार्दै हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुग्नु भएको छ ।
आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहनु भएका पौडेलले जेसिजको १६१ शाखा मध्ये अधिकाङ्श शाखा भ्रमण गरेर अध्यक्ष लगायतको टिमलाई भेटेर आफ्नो उम्मेद्बारी किन ? र के का लागि ? भन्ने बारेमा समेत जानकारी गराउदै भोट माग्ने क्रम पनि सम्पन्न गर्नु भएको छ ।
जेसिजका माध्यमबाट समाज परिवर्तन सम्भव छ भन्ने उदे्श्य राखेर जेसिजको महा अभियानमा होमिएनु भएका पौडेलको यो पटक एउटै उदे्श्य छ । युवालाई उद्यमशिल बनाएर गरि खान सक्ने बनाएर समाजमा हस्तान्तरण गर्ने र अन्य युवाहरुलाई जेसिजमा लाग्नका लागि प्रेरित गर्ने उहाँको उदे्श्य रहेको छ ।
जेसिज तालिमको माध्यमबाट युवालाई परिस्कृत र परिमार्जित गरेर समाजमा नेतृत्व गर्न सक्ने युवा उत्पादन गर्ने, कारखाना रहेको र यसलाइ अझ उद्यमशिलतासँग जोड्न सके युवाहरुलाई उद्यमशिल बनाएर एउटा सुयोग्य नागरिक बनाउन सकिने पौडेलको भनाई छ ।

उहाँसगै अन्य उमेदवारसमेत चुनावी मैदानमा रहेको अवस्थामा चुनाब जित्न सक्ने आधार के त ? भनेर प्रश्न गर्दा , आफ्नो एजेन्डा गौरवमय इतिहास बोकेको शाखा बाट प्रतिनिधित्व गरेको हुँदा आफुलाइ आफ्नो लक्ष्य पूरा गर्नै पर्ने बाध्यता रहेको , समग्रमा युवाहरु लाई उत्पादन तथा उधम सग जोड्ने आफ्नो लक्ष्य रहेको र जेसिजको माध्यमबाट समाजलाई एउटा सबल सक्षम र सुयोग्य युवा हस्तान्तरण गर्नका लागि अबका एक बर्षले नयाँ बाटो तय गर्ने हुँदा आफू तयार रहेको र आफ्ना एजेन्डा नै जित को मुख्य आधार रहेको पौडेल बताउनु हुन्छ ।
जब युवा उद्यमशिल हुन्छ तब मात्रै जेसिजको अभियानमा अझ बढी झुकावका साथ लाग्ने हुँदा समाजमा रहेका सबै तह र तप्कामा रहेका युवाहरुलाई जेसिजसँग जोड्ने आफ्नो अभियान रहेको बताउनु भयो । कुनै पनि युवा जेसिजको कार्यक्रममा आउदै गर्दा पैसा खोजेर सापट मागेर हैन आफै उद्यमशिल भएर आफ्ना लागि आफै खर्च गर्न सक्ने भएर आउन सकोस भन्ने आफ्नो अभिप्राय रहेको उहाँको भनाई छ ।
विराटनगरको स्थानीय मोरङ सहकारी अस्पताल , कोशी हेल्थ ईन्स्टिच्युट , कोशी हेल्थ एन्ड साइन्स क्याम्पस , मिलन ट्रेड एन्ड सप्लायर्स लगायतका विभिन्न सस्थाका सञ्चालक रहेर कुशल रुपमा एउटा उच्च व्यवस्थापक र युवा उद्यमीका रुपमा आफुलार्इ समाजमा स्थापित गरेका पौडेल लायन्स क्लब अफ विराटनगर मोरङका पुर्व अध्यक्ष समेत हुनु हुन्छ ।
सन् २०१७ मा विराटनगर जेसिजको अध्यक्ष बने पश्चात् सन् २०१८ मा नेपाल जेसिजमा उपाध्यक्ष पदमा उमेदवार भइ उच्च मत ल्याएर नेपाल जेसिजको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।
आफ्नो कार्यकालमा कुशलता पुर्वक पूरा गरेर कामको मुल्यांकन गर्दै नेपाल जेसिजको कार्यकारी उपाध्यक्ष मा सन २०१९ मा देश भरका जेसिज युवाहरुले राम्रो मतले विजयी गराएका थिए ।सन् २०२० मा मेरो देश म आफै बनाउछुका राष्ट्रिय संयोजक रहनु भएका पौडेलले जेसिज अभियानमा लागेर मात्र हुन्न नेपाली जेसिज सदस्यले अन्तर्राष्ट्रिय रुपमा समेत जेसिजका कार्यक्रममा भाग लिएर त्यहाँका राम्रा कुरा सिकेर आफ्नो देशमा प्रयोगमा ल्याउनु पर्छ भन्ने उदे्श्यले ,सन २०१७ मा वर्ल्ड काङ्ग्रेस नेदरल्यान्डस् , २०१७ मै एस्पाय्क मङोलिया ,२०१८ मा जापान , २०१९ मा एस्प्याक दक्षिण कोरिया मा भएका जेसिजका कार्यक्रमहरुमा सहभागितामा जनाइसक्नु भएको छ । उहाँले विभिन्न २६ भन्दा बढी देशको भ्रमणसमेत गरिसक्नु भएको छ ।
नेपाल जेसिजको राष्ट्रिय अधिबेशन यहि पौष १,२,३,४ गते पोखरा मा सम्पन्न हुँदै छ । जसमा देश भरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन ।जसले राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारी निर्वाचित गर्ने छ।





