ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु


२८ मंसिर २०७८, मंगलवार १७:०१ मा प्रकाशित

ताप्लेजुङ, मंसिर २८ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ट्याक्टर ५ सय मिटर तल खस्दा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका ६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् । मंगलबार बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना हुँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here