सवारी दुर्घटनामा परेर झापामा एक जनाको मृत्यु, पाँच जना घाइते


२५ मंसिर २०७८, शनिबार १२:०१ मा प्रकाशित

झापा, मंसिर २५ । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ ।

घाइते वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तपालमा उपचार भइरहेको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको चारपाने राजगढ सडकखण्डमा प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनु भयो ।

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here