मोरङमा ट्रयाक्टरसँग ठोकिएर मोटरसाइकल चालकको मृत्यु


२५ मंसिर २०७८, शनिबार ११:५१ मा प्रकाशित

मोरङ, मंसिर २५ । मोरङमा ट्रयाक्टरसँग ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझारस्थित ट्रयाक्टरसँग मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् । शुक्रबार बेलुका ७ बजे साईडमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुलीसमेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here