लागु औषध सहित २ जना पक्राउ


१६ मंसिर २०७८, बिहीबार १२:०० मा प्रकाशित

मोरङ, मंसिर १६ । मोरङ पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट लागु औषध सहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० बर्षीय सलबहादुर गुरुङ र २० बर्षीय सागर गोसनी रहेका छन् ।

बुधबार बेलुकी पौने ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनीहरुलाई लागु औषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here