राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि सुरु


१५ मंसिर २०७८, बुधबार १२:१० मा प्रकाशित

काठमाडौं मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो ।

महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने हुनुभएको छ । राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले यसपटक अध्यक्षमा प्रतिस्पर्धा नगर्ने बताउनुभएको छ । राणाले सर्वसम्मत नेतृत्व चयन गर्न अपिल गरेपनि उहाँको खेमाका अधिकांश नेताहरु कमल थापाको प्यानलमा देखिएका छन् ।

यसैगरी नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने जोड दिन थाल्नुभएका लोहनीको समर्थन भने यसपाली लिङ्देनले पाउनुभएको छ । राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हो । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here