झापा, मंसिर १४ । झापाको दमक नगरपालिका ६ फागुनन्द चौक स्थित पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षीय पवन लिम्बु, दमक १ का ३५ बर्षीय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षीय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षीय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षीय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षीय राज कुमार श्रेष्ठ रहेका छन् ।
सोमबार बेलुकी साढे ४ बजे बिशेष सुचनाको आधरमा उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद रु.१ लाख ५७ हजार र तीन बुङ तास सहित ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमकद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





