आमा र बहिनीको कुटपिटबाट एकजनाको मृत्यु


१३ मंसिर २०७८, सोमबार १३:१० मा प्रकाशित

मोरङ, मंसिर १३ । आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गरेर घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आइतबार राती सवाँ १० बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here