झापा, मंसिर १२ । झापाको कनकाइस्थित विरिङ्ग खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना–२ ख–८०४१ नम्बरको बस आफैँ अनियन्त्रित भएर सो घटना भएको जनाइएको छ । कनकाइ– ८ स्थित विरिङ्ग खोलामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । तर, मृतकको सनाखत भने भएको छैन् । घाइतेहरु १८ को बिर्तामोडस्थित वि एण्ड सी अस्पताल र विर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।





