एजेन्सी । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको जनाइएको छ ।
दक्षिण अफ्रिकाबाट फर्किएका ती व्यक्तिमा नयाँ भेरियन्ट सङ्क्रमित भएको हुनसक्ने पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहाँले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएको बताउनुभएको छ ।
तर पुष्टिका लागि थप अनुसन्धान हुन बाँकी नै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नयाँ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।





