लागूऔषध सहित ३ जना पक्राउ


११ मंसिर २०७८, शनिबार १२:४४ मा प्रकाशित

सुनसरी, मंसिर ११ । सुनसरी धरान उपमहानगरपालिका १५ निराजनवस्तीबाट लागूऔषध सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् ।

शुक्रबार राती ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु.३६ हजार ५०० सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here