काठमाण्डौ, मंसिर १२ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदैछ ।काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।पहिलो चरणको खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियोहिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ।
मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क जोडेको छ ।





