झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


८ मंसिर २०७८, बुधबार १२:१७ मा प्रकाशित

झापा, मंसिर ८ । झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका ३ पबित्रा पेट्रोल पम्प स्थित पुर्बपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा झापा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् । मङ्गलबार दिउँसो २ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बिर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घइते भएका छन् । घाइतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै, बोलेरो र चालक ईलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here