प्रधानन्यायाधीशद्वारा सर्वोच्चमा ९ इजलासमा ७७ मुद्दाको पेशी तोकियो


२५ कार्तिक २०७८, बिहीबार ११:५७ मा प्रकाशित

काठमाडौं, कात्तिक २५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सबै खाल्को मुद्दाको पेशी तोक्नुभएको छ ।

बिहिबारका लागि सर्वोच्च अदालतमा ९ इजलास तोकिएको छ । जसमा प्रधानन्यायाधीश जबराको एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास रहेका छन् । बिहिबारका लागि एक सय ७७ मुद्दाको पेशी तोकिएको छ ।

नेपाल बार एशोसिएसनले भने बिहिबार पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना दिइरहेका छन् ।

न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेका छन् ।

यसबीच प्रधानन्यायाधीश जबराले आफ्नो लागि बेञ्च र सबैखाल्को मुद्दामा पेशी तोक्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here