काठमाडौं । आजदेखि १२ औँ राष्ट्रिय जनजणना सुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो ।
मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ ।
गणकहरूले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन् । एउटा परिवारको विवरण संकलन गर्न गणकलाई औसतमा २० देखि २५ मिनेट समय लाग्ने विभागका प्रवक्ता तीर्थराज चौलागाईंले बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । हरेक १० वर्षमा जनगरणना गरिन्छ ।





