बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथग्रहण गर्नु भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई नियुक्त हुनु भएको हो । नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै सानो मन्त्रिपरिषद् गठन गर्नु भएको छ । राईले काङ्ग्रेसबाट दुई, माओवादी केन्द्रबाट एक र जनता समाजवादी (जसपा) बाट एक जनालाई मन्त्री नियुक्त गर्नु भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईद्वारा शपथग्रहण, सानो मन्त्रिपरिषद् पनि गठन
१६ कार्तिक २०७८, मंगलवार १६:३३ मा प्रकाशित





