पाकिस्तानको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु


११ कार्तिक २०७८, बिहीबार ११:४१ मा प्रकाशित

काठमाण्डौ, कार्तिक ११ । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको छ । २ सय ६३ जना घाइते भएका छन् ।

प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीका एक नेतालाई सुरक्षाकर्मीले हिरासतमा लिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्ना नेता साद रिजबीलाई सुरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा यो पार्टीले केही दिनदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको छ । सुरक्षाकर्मीले रिजबीलाई गएको अप्रिलमा पक्राउ गरेको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखबारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजबीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको र्यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताउनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here