झापा, २ कार्तिक ७ । झापा शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना व्यक्ति तास र नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।

शनिबार राती ९ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सय सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चार जना माथि कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





