सुनसरी, कार्तिक ५ । सुनसरीबाट अबैध सुन तथा नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी धरान उपमहानगरपालिका २ स्थित स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जना मानिस पक्राउ परेका हुन्।
धरान १५ सगरमाथालाईन का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहिबार दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र १८ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





