पाँचथर, कात्तिक ५ । पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ ।
बिहिबार बेलुकाबाट ताप्लेजुङ—पाँचथर— फिदिम— राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिनुभयो ।
पाँचथरदेखि इलामको रक्सेसम्मको सडकमा भएको अवरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अवरोध हटेसँगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।
बाटो अवरुद्ध हुँदा मंगलबार रातीदेखि यात्रुहरु बिचबाटोमा रोकिएका थिए । तमोर करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न सडकहरु भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।





