धरानमा पहिरोले घर पुरेर दुई जना बच्चाको मृत्यु


२ कार्तिक २०७८, मंगलवार १६:३३ मा प्रकाशित

सुनसरी, कार्तिक २ । धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बच्चाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here