जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण


२७ आश्विन २०७८, बुधबार ११:१८ मा प्रकाशित

दमक, असोज २७ । दमक लायन्स क्लव अफ झापा दमकका अध्यक्ष एवं ब्यवसायी अशोक चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर झापा कमल गाँउपालिका वडा न. ६ का अति विपन्न आधा दर्जन घर परिवारको घरमा दशैं असहज नहोस भनेर खाद्यन्न लगायतका अति आवश्यकीय सामाग्रिहरु प्रदान गर्नुभएको छ । क्लवको संयोजनमा उहाले दूई बोराको दरले चामल सहित भुजा, चिउरा, तेल, नून, मसला, सब्जि लगायतका सामाग्रीहरु उपलब्ध गराउनु भएको हो ।

अपाङ्ता भएका, आफ्नो स्थायी थलो नभएका र कमाईखाने कुनै माध्यम नभएका ६ परिवारलाई स्थानीय टोल विकास संस्थासंग समन्वय गरेर खाद्यन्न बितरण भएको हो । ती परिवारको अवस्थाको बिषयमा आफुलाई जानकारी भएपछि उनीहरुको घरमा पनि दशैं आओस भनेर आफुले सोचेको र सोहि अनुसार काम गरेको चौधरीले बताउनुभयो ।
स्थानीय टंक सापकोटाका अनुसार उनीहरुको घरमा दशैंमा खाने मिठो मसिनोे बन्दोबस्त गर्ने कुनै अवस्था रहेको थिएन । लायन्स क्लव मार्फत उनीहरुले खाद्यन्न पाहेपछि गाँउलेहरु खुशि भएको उहाँको भनाई छ । खाद्यन्न पाएका घर परिवारले यो अवसर जुटाईदिएको भन्दै अध्यक्ष चौधरी सहित क्लवको प्रशंसा गरेका थिए ।
सो खाद्यन्न बितरणमा लायन्स लिडरहरु अजय अग्रवाल र ज्ञाननाथ पौड्यालले लायन्स जहाँ आवश्यकता त्यहाँ पुग्छ भन्ने उदेश्यले क्रियाशिल रहेको बताउदै क्लव र क्लव अध्यक्षले गरेको यो कार्य अनुकरणिय भएको बताउनुभयो ।

लायन्स जहिले पनि सेवामा हाजिर हुने भन्दै सामाजिक उत्तरदायित्वबाट कहिले पनि टाढा नभएको लायन्स लिडरहरुको भनाई रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ झापाका सचिव बिष्णुप्रसाद पोखरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here