शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा झापाको महानन्द चोकमा शव भेटियो


२५ आश्विन २०७८, सोमबार ११:१७ मा प्रकाशित

झापा, असोज २५ । झापा बिर्तामोडस्थित महानन्द चोकमा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा मासु व्यवसायीको शव भेटिएको छ ।

अर्जुनधारा– ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै स्थानीय इन्द्र मगरको शव भेटिएको हो। उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।घटनाका बरेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मगरको शरीरमा चोट लागेको भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here