राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कमिटी झापाको चौथो जिल्ला अधिवेशन सम्पन्न


२४ फाल्गुन २०८१, शनिबार १८:४५ मा प्रकाशित

बिर्तामोड । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कमिटी झापाले आफ्नो चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ ।

अधिवेशन विर्तामोड नगरपालिका वडा नं ४ मा अवस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा सम्पन्न भएको हो । अधिवेशनमा महासंघका जिल्ला प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, तथा विभिन्न क्षेत्रका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अधिवेशनले भरत खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएका पदाधिकारीहरूमा उपाध्यक्ष भानुभक्त खरेल र महिला उपाध्यक्षमा नम्रता खरेले चयन हुनुभयो । यस्तै सचिव राजेन्द्र पोखरेल, सहसचिव सन्तोष चिमरिया, कोषाध्यक्ष अस्मिता कार्की गरि २५ सदसीय कार्यसमिति निर्वाचित भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्यकर्मीहरूको हकहित र अधिकार संरक्षणका लागि महासंघले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले जनताले चुनेर गएका ठुला दलका नेताहरुले भनेअनुरुप काम नगर्दा देशमा अर्थिक संकट पर्नुका साथै जनताहरुले विकल्प खोजिरहेको बताउनुभयो । अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले स्वास्थ्यकर्मीका पेशागत हित, सेवा प्रवाहको गुणस्तर सुधार र संघीयतापछिको स्वास्थ्य संरचनाका विषयमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा संगठनको विगतका उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरूको तर्फबाट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कमिटी झापाका अध्यक्ष भरत खतिवडाले नेपाल कम्युनिष्ट पाटी एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरिलाई ज्ञापन पत्र बुझाउनुभएको थियो ।

नव–निर्वाचित नेतृत्वलाई बधाई दिँदै उपस्थित सहभागीहरूले संगठनलाई अझ प्रभावकारी रूपमा अघि बढाउन प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गरेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here