ईलाम,असोज १८ । ईलामबाट भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाम सुर्योदय नगरपालिका १० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई लाखौं भारतिया नोट सहित एक जना पक्राउ गरेको हो ।
आइतबार बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले मे १ च ६४२४ कारको चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख प्रहरीले फेला परेको थियो । अग्रवाललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।
पक्राउ परेका उनलाई कानूनी कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।





