रुखबाट लडेर झापामा एक जनाको मृत्यु


१८ आश्विन २०७८, सोमबार ११:२० मा प्रकाशित

झापा,असोज १८ । रुखबाट लडेर झापामा एक जनाको मृत्यु भएको छ । झापा कनकाई नगरपालिका २ सुकेडाँगीका ४२ वर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो।

आइतबार दिउँसो २ :३० बजे घिरौला टिप्न रुख चढेका राई रुखबाट लडेर गम्भिर घाइते भएका थिए । घाइते राईको उपचार बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भएको थियो ।  उनलाई थप उपचारको लागि नोवेल अस्पताल विराटनगर तर्फ लैजाने क्रममा आइतबार बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीद्वारा थप अनुसन्धान भइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here