विश्व मुटु दिवस आज विभिन्न कार्यक्रम गरेर मनाईदै


१३ आश्विन २०७८, बुधबार १२:२३ मा प्रकाशित

काठमाडौँ, असोज १३ । विश्व मुटु दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइने भएको हो ।

पछिल्लो समय नेपालमा मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामुलक कार्यक्रमहरु गरिंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ । सबै भन्दा बढी मानिसको मृत्युको कारक पनि मुटुरोग हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटुरोग हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here